• पोखरा,  ८ असार


    सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै पाहुना टोली अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिश्पर्धामा खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरmलाई अग्रता दिलाए । उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

    पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत थप दुई गोल गर्दै जितलाई सहज बनाएको हो । सुरुवात देखि नै एभिनियर एपिएफ माथी हावी भएको थियो । विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे भने ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।

    १० खेलाडीमा सीमित भएको एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा सान्त्वना गोल फर्काए । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । एभिनियरले अब चर्च ब्वाइजसँगको भेट पक्का गरे । प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ । 

सम्वन्धित समाचार

काठमाडौं, १० असार  वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पिय…

काठमाडौं, १० असार  नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस ज…

काठमाडौं,  ९ असार  अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्व…

काठमाडौं, ७ असार नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध ट…