• काठमाडौं,  ९ असार 

    अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् ।

    नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो ।

    असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पा ३९ मतमा सीमित भएका थिए ।

    सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए ।

    यस्तै, सदस्यहरूमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टिकाराम लामा, मणिराज विष्ट, मनिष जोशी, विजयी भएका थिए ।

    बाँकी दुई सदस्यमा भने चार उम्मेदवारको मत बराबर आएपछि एन्फाको विधानअनुसार सोमबारै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको थियो । जसअनुसार दुई सदस्यको चयनका लागि अहिले नयाँ कार्यसमितिको बैठक बस्दैछ ।

सम्वन्धित समाचार

काठमाडौं, १० असार  वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पिय…

काठमाडौं, १० असार  नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस ज…

पोखरा,  ८ असार सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै पाहुना टोली …

काठमाडौं, ७ असार नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध ट…