• झापा, १० असार

    एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह-३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो ।

    तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी दिए ।

    'प्रेसर कुकरभित्र ग्यास चुलोको सानो सामान र मोबाइलको चार्जर रहेछ । खासै केही रहेनछ,' उनले भने । उक्त घर प्रदेश- १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि हो । प्रेसर कुकर जस्तो देखिने बस्तु कसले र किन राख्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्वन्धित समाचार

तुलसीपुर, २३ साउन   दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा ती…

जनकपुरधाम, २२ साउन नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दु…

काठमाडौं,  १५ साउन  नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सर…

सुर्खेत,  १२ साउन वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छ…