• लमजुङ, १० असार 
    लमजुङको दोर्दी गाउँपालिकामा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ । 

    दोर्दी गाउँपालिकाले ५ वर्षको अवधिमा १ हजार ९ सय ७२ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो 
    गाउँपालिकाले ०७४र०७५ सालदेखि हालसम्म ४१ वटा योजना निर्माण गरी १ हजार ९ सय ७२ घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।
    गाउँपालिकाले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको हो । 

    गाउँपालिकाका नागरिकको आवश्यकतालाई मध्येनजर गरी काम गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । यसअघि घण्टौ लागेर पानी बोक्नुपर्ने दोर्दीका नागरिक अहिले घरमै धारा आएपछि खुसी भएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …