• काठमाडौं, १० असार 

    वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । 

    यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो । 

    यसअघि युवा बल अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि युएई कमजोर बनेको थियो । युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले तीन ओभर पाँच बलमा १० रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले चार ओभरमा तीन तथा सीता राना मगरले पनि चार ओभरमा दुई विकेट लिइन् ।

    ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घन्टा ढिलो सुरु भएको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो ।  प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ । यद्यपि नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो । 

    समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । 

सम्वन्धित समाचार

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी प…

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…