• उर्लाबारी, १० असार । उर्लाबारी नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको आठौँ नगरसभामा उपप्रमुख मिना खतिवडा पौडेलले बजेट प्रस्तुत गर्नुभएको हो ।

    नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब १ अर्ब बराबरको बजेट ल्याएको छ । उपप्रमुख पौडेलले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैया बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४३ करोड ३७ लाख ४२ हजार ९८० र पुँजीगत तर्फ ५६ करोड १५ लाख १२ हजार रुपैया बजेट बिनियोजन गरेको छ ।

    नगरपालिकाले भौतिक पुर्वाधार, शिक्षा, कृषि, पर्यटन, स्वास्थ्य, विपद् व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह लगायतलाई जोड दिँदै करिब १ अर्ब बराबरको बजेट ल्याएको छ ।

    आगामी आर्थिक बर्षको आयतर्फ आन्तरिक आम्दानी रु. ७ करोड ५५ लाख ५३ हजार, संघीय सरकार राजस्व बांडफांड तर्फ रु. ११ करोड ३२ लाख ४७ हजार, संघिय सरकार वित्तीय समानिकरण तर्फ रु. १८ करोड, वित्तिय समानिकरण प्रदेश सरकार तर्फ रु. १ करोड ७ हजार ५ सय, सवारी साधन कर बाँडफाँड प्रदेश सरकार तर्फ रु. १ करोड, सडकबोर्ड बाट प्राप्त हुने रकम रु. ५० लाख, संघीय सरकार सशर्त अनुदान तर्फ रु. ४० करोड १७ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ रु. ४० लाख २० हजार, रजिष्ट्रेशन बाडफाडबाट रु. ५ करोड ७६ लाख ११ हजार ७ सय ७०, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, संघीय सरकार संस्थागत आन्तरिक तर्फ रु. १ लाख ८० हजार ६ सय ८७, संघीय सरकार वन रोयल्टी रु. २० लाख, प्रदेश सरकार समपूरक अनुदान तर्फ रु. १ करोड, जनसहभागिता तर्फ रु. १ करोड ५० लाख र आ.व. २०७८/०७९ को मौज्दात तर्फ रु. ९ करोड ९ लाख ३५ हजार २३ गरी जम्मा कुल आम्दानी रु. ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।

    व्ययतर्फ संघीय सरकार सशर्त अनुदान तर्फ रु. ४० करोड १७ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, प्रदेश सरकार समपूरक अनुदान तर्फ रु. १ करोड, प्रदेश सरकार सर्शत अनुदान तर्फ रु. ४० लाख २० हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम सडक मर्मत तर्फ रु. ५० लाख, जनसहभागिता तर्फ रु. १ करोड ५० लाख, चालू तथा प्रशासनिक खर्च तर्फ रु. १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम रु. १ करोड, नगरपालिकाको समपूरक कोष तर्फ १ करोड ५० लाख, भवन निर्माण तर्फ २ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरु तर्फ ६ करोड ६५ लाख, विपद् व्यवस्थापन कोषमा रु. १ करोड, आकस्मिक कोषमा रु. २५ लाख, मर्मत सम्भार कोषमा रु. १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम रु. २९ करोड ८३ लाख ४७ हजार ९ सय ८० गरी कुल खर्च रु. ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरेको छु । जसमध्ये कूल चालु खर्च तर्फ ४३ करोड ३७ लाख ४२ हजार ९ सय ८० अर्थात कुल खर्चको ४३.५८ प्रतिशत र पूँजिगत खर्च तर्फ ५६ करोड १५ लाख १२ हजार अर्थात कुल खर्चको ५६.४२ प्रतिशत रहेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …