• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमको साथ बजेट सार्वजनिक गरेको छ । 
    यो आर्थिक बर्षको लागि पथरीशनिश्चरेमा १ अरब २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको बजेट पारित गरेको छ । असार १० गते भएको ११ औं नगरसभाले पारित गरेको बजेट आज औपचारिक रुपमा सार्वजनिक गरेको हो । 


    यो बजेट गत आर्थिब बर्षको भन्दा ९ करोड ५८ लाख ४२ हजार ८३० रुपैयाँले बढी हो । गत अर्थिक बर्ष १ अरब १७ करोड ५६ लाख ९८ हजार २१४ रुपैयाँको बजेट प्रस्तुत भएको थियो । 
    यस बर्षको आन्तरिक राजश्वबाट ३५ करोड १३ लाख ५३ हजार अनुमानित आय प्रस्तुत भएको छ भने  संघ, प्रदेशबाट प्राप्त सिलिङ र अन्य बिभिन्न शीर्षकबाट आयको अनुमान गरिको छ । गत आर्थिक बर्षमा आन्तरिक राजस्वबाट ३० करोडको अनुमानि आय प्रस्तुत थियो । 
    शनिबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख मोहन तुम्बापो, उपप्रमुख देबिमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा अध्यक्षहरु लगायतको उपस्थितिमा बजेट सार्वजनिक भएको हो । 
    यो बर्षको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको देखिएको छ । यद्यपि शिक्षा, स्वास्थ्य र युवा स्वरोजगार कार्यक्रम नयाँ थप गरिएको नगर प्रमुख मोहन तुम्बापोले बताए । 


    स्वास्थ्यमा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, स्वास्थ्य बिमा वृद्धि, शिक्षा क्षेत्रमा विद्यालयहरुमा खानेपानी, कम्युटर, प्रिन्टर लगायतको सामाग्री थप गरेर शिक्षामा गुणस्तर वृद्धि गर्ने, मृत्यु राहत कोष, युवाहरुलाई रोजगारी र कृषकहरुको लागि नयाँ कार्यक्रम थप गरिएको प्रमुख तुम्बापोले बताए । शिक्षा र स्वास्थ्यमा बजेट समेत बढाइएको तुम्बापोले बताएका छन् । 
    यस बाहेक पथरीमा सपिङ कम्प्लेक्स निर्माण गर्ने, फोहोर मैला ब्यास्थापनमा अन्य पालिकाहरुसँग समन्वय गर्ने, वारुण यन्त्र संचालनमा ल्याइने लगायतको पुरानै कार्यक्रम रहेको छ । वारुणयन्त्र भने अघिल्लो आर्थिक बर्षको बजेटमा नगरमा आइसकेको छ । मुख्य सडकमा सडक बत्ति लगाउने, नगरमा रहेका खालि खाल्सा जग्गालाई नगरको स्वामित्वमा ल्याएर संरक्षण तथा वृक्ष रोपन गरिने, नगरको प्रशासनिक भवन निर्माण गरिने लगायतको नीति नगरले लिएको छ । 
    प्रस्तुत बजेट अनुसार आर्थिक बर्ष २०७९÷०८० को लागि शिक्षा तर्फ २ करोड १० लाख, स्वास्थ्यतर्फ १ करोड ५५ लाख, कृषि बिकासमा ५५ लाख ७५ हजार, लक्षित वर्ग (शसक्तिकरण) कार्यक्रम महिला, बालबालिका, अपाङ्गता गरी २६ लाख बिनियोजन भएको छ । लक्षित वर्गमै पर्ने आदिबासी जनजाति, दलित, जेष्ठ नागरिकको लागि भने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा शीर्षक भेटिएन । लक्षित वर्गको कार्यक्रम अन्तर्गत आदिबासी, दलित सशक्तिकरणको लागि बजेट विनियोजन गर्नु राज्य नीति भित्र पर्दछ । यस अघि यी शीर्षकमा बजेट थोरै नै भएपनि विनियोजन गरिदै आएको थियो । यो आर्थिक बर्षमा पनि अन्य शीर्षकबाट पछि मिलाइने बताइएको छ । 
    मिडिया प्रवद्र्धनमा एक लाख घटाएर ४ लाख र कला, भाषा, साहित्यको लागि ३ लाख बढाएर ८ लाख पु¥याइएको प्रस्तुत बजेटमा उल्लेख छ । 
    प्रस्तुत बजेटको चालु तर्फ १७ करोड ३५ लाख ५६ हजार ४४, पुजिगत तर्फ ११ करोड ९ लाख ९६ हजार, दश वडा वडालाई सिलिङ ६ करोड ४५ लाख अनुमानित खर्च रहेको छ । नगरमा आएको वारुणयन्त्र (दमकल) सञ्चालनको लागि ४० लाख खर्चको ब्यबस्थापन गरिएको छ । नगरसभाले नगर स्तरीय १५ सहित ३२० वटा योजना पास गरेको प्रस्तुत विज्ञप्तिमा उल्लेख छ । 

    नगरसभाबाट चार वटा समिति गठन
    सभाले उपप्रमुख देविमाया काफ्लेको संयोजकत्वमा पदम धिमाल र कल्पना श्रेष्ठ सदस्य रहेको न्यायिक समिति गठन गरेको छ । सदस्य दुवैजना कार्यपालिका सदस्यहुन । 
    त्यसैगरी २ नं. वडा अध्यक्ष नैना राईको संयोजकत्वमा विद्यायन समिति, ३ नं. अध्यक्ष बिजय लिम्बूको संयोजकत्वमा सुशासन समिति, १ नं. वडा अध्यक्ष भीमकुमार राईको संयोजकत्वमा लेखा समितिसमेत गठन गरेको विज्ञप्तिमा उल्लेख छ । 
    पत्रकार सम्मेलनमा वडा नं. १ अध्यक्ष भीम राई, ४ का लोककिरण न्यौपाने, ७ को उद्धब बस्नेत, ८ को नवीन कार्की, १० को जीवन खतिवडा लगायतको अध्यक्षहरु, कार्यपालिका र वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…