• काठमाडौं, १९ असार

    संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् ।

    अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गरेका थिए ।

    गत असार १६ गते सो सम्मेलनलाई सम्बोधन गरेका सभामुख सापकोटार्ले  भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेकोमा जोड गर्नुका साथै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग  र ऐक्यवद्धतासमेत सो क्रममा व्यक्त गरेका छन ।

    बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्तासमेत गरेका छन् । सभामुखको सो टोलीमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन ।सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७:१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…