• काठमाडौं, १९ असार
    नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई प्रतिष्पर्धी थिए ।

    उपाधि विजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको विमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका पाएका छ ।

    दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।

    भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शोबाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

    शोको निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए । साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…