• काठमाडौ, २१ असार

    चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ ।

    सो चलचित्रमा अभिनय गरेका पुरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन ।
    ठकुरी परिवारको एक गरिब पुरुष ‘टलकजंग’ को मनोदशा र अवस्थीतिमा केन्द्रित उक्त चलचित्रमा ‘हनुमान’ र ‘भष्मे डन’ लगायत चर्चित पात्रहरुले दशर्कलाई लामो समयसम्म बाँधीरहेको बेला निमार्ण पक्षले सो चलचित्रको सिक्वेल बनाउन लागिएको बुझिएको छ ।

    निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्रमा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा थिए । माओवादी सशष्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा भने कलाकार लामिछानेले लेखेका हुन ।

सम्वन्धित समाचार

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्क…

रोल्पा, ९ माघ  चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् …

तेह्रथुम, २५ माघ  यतिबेला चलचित्र तेह्रथुमको पर्यटकीय क्षेत्रमा ‘तिमी कसकाे ?’&n…

काठमाडौं, ३० पुस  सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको…