• म्याग्दी, २३ असार

     पहिरो र सडकले क्षति पु¥याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ । 

        पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ । उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो । समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनःनिर्माण गरिएको जानकारी दिनुभयो । 

        “मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो”, उहाँले भन्नुभयो, “भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।” 

        नहर भासिने र पुरिने गरेपछि मुहानबाट पठाएको आधाभन्दा कम मात्र पानी खेतमा आइपुग्दथ्यो । हिउँद र सुख्खा याममा सिँचाइ अभावमा बाली लगाउन समस्या भएको थियो । बर्खामा पनि किसानले धान रोप्न पालो लगाउने गरेका थिए । 

        खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर अञ्जन खत्रीका अनुसार २००४ सालको सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बिनियोजन गरिएको थियो । सो बजेटबाट १२५ एमएम क्षमताको एक हजार ११६ मिटर पाइप र २३५ मिटर नहर पुनःनिर्माण गरिएको हो । 

        बागलुङको सिमानामा रहेको ठूलोखोलाको मुहानमा इन्टेक र त्यसलाई संरक्षण गर्न मेसिनरी पर्खाल निर्माण भएको छ । मुहानतर्पm ७२ मिटर र उपल्लाचौर नजिकै सडकले क्षति गरेको ठाउँमा १६३ मिटर नहर पुनःनिर्माण भएको छ ।     यसबाट उपल्लाचौरको करिब ४०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ भने एक सय ५० घरधुरी लाभान्वित भएका छन् । आगामी आवमा थप ५०० मिटर नहर निर्माण गरेपछि आयोजना पुनःनिर्माण सम्पन्न हुने अध्यक्ष थापाले बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…