• भक्तपुर, २३ असार

    भक्तपुरको ख्वपः कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढ्ने) विषयमा परामर्श कार्यक्रम हुने भएको छ । 
    शनिबार बिहान ११ बजे दस जोड दुई पास गरेपछि के पढ्दा के के हुन्छ भन्ने परामर्श कार्यक्रम हुने जनाइएको छ । 

    कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थपन विषय लिई स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि मागदर्शन गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

    कार्यक्रममा विज्ञहरुले व्यवस्थापनका विषयहरू के के छन् ?, कहाँंकहाँं पढ्न पाइन्छ ? पढेपछि के के हुन पाइन्छ ? यसका स्कोप केके छन् ? आदि विषयमा जानकारी विद्यार्थीले पाउने उनको भनाइ छ ।

    परामर्शका कार्यक्रममा सहभागी हुन विद्यार्थीले फारम भर्नुपर्ने छ । विद्यार्थी अनि अभिभावकहरुको मागलाई मध्यनगर गरी कार्यक्रम चलाउन लागेको जनाइएको छ । भविष्यमा साइन्स, मानविकी, शिक्षाशास्त्र, कानुनलगायतका विषयमा पनि यस्तो कार्यक्रम राख्ने योजना रहेको कलेजले जानकारी गराएको छ ।    
     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…