• महोत्तरी,  २७ असार 

    मानिसको जीवनलाई तनावमुक्त बनाउन  योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

    सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको  योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए ।

    योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ र खुलासा रहनुपर्ने उनको तर्क छ ।

    योगसँगै जोडिएको बैकल्पित आयुर्वेदिक चिकित्सा पद्धति वैकल्पिक नभएको जिकिर गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले यसलाई नै मुख्य उपचार पदतिकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

    हरेक तनावबाट मुक्त बनी स्वस्थ जीवन जिउन योग नै महत्त्वपूर्ण रहेको बताउँदै नेता पोखरलले योगलाई स्वरोजगारमा  जोडन नेपालमा पहिलोपटक पाठ्यक्रम समेत लागू भएको बताए ।

    नेता पोखरेलले योगमाया विश्वविद्यालयको लागी आफूले संसद‍्मा लविङ्ग गरिरहेको पनि बताए ।

    उनले ठट्यौली पाराले नेताहरूलेसमेत योग गरेको भए नेकपा नफुट्ने दाबी गरे । योगले सकारात्मक विचारको सञ्चार गर्ने भएकाले नेपालका हरेक ठाउँमा योग अभ्यासको जरुरी भएको उनको ठहर छ ।

सम्वन्धित समाचार

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…

  तुलसीपुर,२० भदौ :केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ&rsq…

 तनहुँ, २ भदौ   व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्…