• लमजुङ, २९ असार

    लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएकाे  छ । बेँसीहर नगरपालिका-११  रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धानबालीमा विषादी छर्किएको छ ।  

    कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन् । खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्ने, धान बिरुवाको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन् । 

    फाँटको करिब एक सय रोपनी धानबालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकाेटाले फाँटमै पुगेर धानबाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका  थिए । किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरुलाई विषादी उपलव्ध गराइएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,  २७   साउन  उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेप…

महोत्तरी, २६ साउन   महोत्तरीको पिपरा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबाट चरम अनियमितता भएको …

खोटाङ, २२ साउन  खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता…

काठमाडौं, २० साउन  नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी)का तीनवटा सबस्टेसन सञ्च…