• काठमाडौं, २९ असार

    दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै पूर्ण हट्न सकेको छैन । त्यतिमात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौंसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण हो ।

    विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ तर अभिभावकको दबाबमा होइन कि आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ ।

    मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । बिहे गर्न ढिलो भइसक्यो भन्ने आमाको चिन्ताका बीच छोरीहरूले कसरी फरक भूगोल र समुदायका दुलाहा रोज्छन् र त्यसलाई अन्नतः समाजले कसरी साथ दिन्छ । उपन्यासले नयाँ बहस सिर्जना गराउँछ ।
    ‘यो पुस्तक लेख्ने जमर्को गर्दा हाम्रो मुलुकको तराई भाग आन्दोलित थियो । मलाई लाग्यो, राजनीतिक समस्या त विभिन्न रूपले सत्ताको द्वन्द्वबाट उब्जिने व्याधी हो । राजनीतिक समस्याको राजनीतिक रूपले नै सधैँ दिगो समाधान निस्कन सक्दैन । एउटै भूगोल र एउटै राष्ट्रियता भएपछि यसको समाधान त बरु सांस्कृतिक रूपले नै दिगो हुन सक्ला । यसैले नै राष्ट्र बलियो पनि बन्छ । यसै कुरामा पत्यार लागेर किताब लेख्न वैचारिक दिशानिर्देश भयो,’ लेखक विजय खरेलले भने । 

    २००३ सालमा जन्मिएका खरेल कविता, काव्य, कथा, निबन्ध, एकाङ्कीजस्ता विभिन्न विधामा कलम चलाउछँन् । उनले २०६४ सालदेखि लेखन कार्य सुरु गरेको हुन् । हालसम्म उनका १० भन्दा बढी कृति प्रकाशित छन् । वी रिडले प्रकाशन गरेको २१६ पृष्ठको उपन्यासको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…