• महोत्तरी, ३१ असार 

    ‘आउँछु भनी ढाँट्यौ मलाई 
    किन छाडी गयौ मलाई’

    प्रेम वियोगले तड्पिएका प्रेमीहरूलाई यो गीत सुनिसकेपछि केही क्षण भए पनि राहत महसुस गर्छन् । जमुना पोखरेलको शब्द, हरिशरण सायमीको संगीत र जमुना पोखरेलकै लयमा गाइएको यस गीतले प्रेममा विछोडिएकाले आफ्नै भावना पोखिएको महसुस गर्छन् । 

    गायिका पोखरेलले नवयुवाको मनोभावनालाई बुझेर यो गीत पस्किएको बताइन् ।  नेकपा एमालेनिकट अखिल नेपाल महिला संघकी  केन्द्रीय सदस्य पोखरेलले सांगीतिक यात्रामा पनि छिन् । उनका तीनवटा गीत सार्वजनिक भएका छन् । 

    हरितालिका तीजको रमझम नजिकिँदै गर्दा सन्देशसहितको गीत पनि पोखरेलले सार्वजनिक गरेकी छन् । समय र समाजसापेक्ष आफू पनि परिमार्जित हुनुपर्छ भन्ने मान्यता राख्ने पोखरेलले यसभन्दा अगाडि नै एउटा आधुनिक गीत लिएर आइन् । 

    किशोरहरूलाई लक्षित गरेर यसअघि निकालिएको आधुनिक गीतले खासै मन छुन नसके पनि ‘आउँछु भनी ढाँट्यौ मलाई  किन छाडी गयौ मलाई’ भन्ने आधुनिक गीतले भने यतिबेला निकै चर्चा बटुलेको छ ।

    चार दिनको फरकमा सार्वजनिक तीज गीत र आधुनिक गीत आपसी प्रतिस्पर्धामा छन् । सधैँभरी जिवन्त बनिरहने सदाबहार गीत पस्किएकी पोखरेलको सांगीतिक यात्रा फराकिलो बन्दै गएको छ ।  

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…