• काठमाडौं,  ३२ असार 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा–अभियान सुरु गरेको छ । 

    गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा–अभियान सुरु गरेको हो । 

    कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

    प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा–अभियानले महत्पूर्ण भूमिका खेल्ने बताए । 

    विपद् न्यूनीकरण महा–अभियान अन्तर्गत अब चाडै नै राष्ट्रिय एवं स्थानीय विपद् जोखिम न्यूनीकरण स्वयंसेवकहरुको दस्ताको गठन गरी हरेक गाउँ र वडाहरुमा स्थानीय विपद् जोखिम न्यूनीकरण जनचेतनामूलक कार्यहरु सञ्चालन गर्न लागिएको पोखरेलले बताए । 

    कार्यक्रममा सहभागी व्यवस्थापन विज्ञ प्रमोद शर्माले कठिन आर्थिक परिस्थितीका बेला आएको महा–अभियानले नेपालका विकटभन्दा विकट क्षेत्रमा विपद् जोखिमबाट दैनिकरुपमा प्रभावित युवाहरुलाई समेटी स्थानीय प्रकोप न्यूनीकरण गर्ने कार्यमा कोशेढुंगा हुने जनाए ।

    कार्यक्रममा सहभागी नेपाल रेडक्रस सोसाइटीकी प्रतिनिधि मोना अर्यालले देवकोटाले महाअभियानमा नेपाल रेडक्रसका सम्पूर्ण स्वयंसेवकहरु लगायत देशका विभिन्न क्षेत्रका युवाहरुले साथ दिने बताइन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…