• भक्तपुर, ३२ असार

    कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो ।

    च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम छ । 

    सहभागीहरूमध्ये नगरकोटसम्म सबै गएका थिए । त्यहाँंबाट तीन छुट्टाछुट्टै रुट पक्रने छन् । नगरकोटबाट ५०, ७५ र १०० किलोमिटरका तीन वटा रूट तयार गरिएको छ । सोहीअनुसार उनीहरु छुट्टिएका हुन् । 

    भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग संकलन गरी कोष स्थापना गर्न कार्यक्रम गरेको आयोजकको भनाइ छ । कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य छ । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …