• भक्तपुर, ३२ असार

    भक्तपुर दरबार क्षेत्रमा रहेको जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सर्ने भएको छ । भवन निर्माण सम्पन्न हुनासाथै दरबार क्षेत्रबाट सर्ने लागेको हो ।

    ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भइरहेको जिल्ला अदालत भवन निर्माण ८० प्रतिशत सकिएको छ । जिल्ला अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी विमल पराजुलीले भवन निर्माण ७५ देखि ८० प्रतिशत सएिको कन्ट्याक्टरले जानकारी दिएको जनाए । उनले छिट्टै अर्थात् चार पाँंच महिनाभित्र नयाँ भवनमा सर्ने योजना रहेको जनाए । 

    चार वटा लिफ्टसहित यो भवन सात तल्ला हुनेछ । अन्डरग्राउन्डको दुई तलामा पार्किङ, पहिलो तलामा सेवाग्राहीको लागि ५० कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तलामा न्यायाधीश तथा कर्मचारीहरुको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने गरी निर्माण गरिएको छ ।

    भवनमा कूल दुई सय ४२ वटा कोठा हुनेछन् । त्यसमा १४ वटा इजलास हुनेछन् भने ७० जना क्षमताको तालिम कक्ष र दुई सय ५० जना क्षमताका हलसमेत हुनेछ । अदालतले भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।

    भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीमार्फत् भइरहेको छ । भवन एक अर्ब ३६ करोड ६७ लाख ९० हजार चार सय ८२ रुपैयाँ बजेटमा निर्माण भइरहेको छ । भवनको शिलान्यास २०७७ माघमा भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…