• भैरहवा,  १ साउन 
     
    सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । 

    जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो ।

     जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो  सवारी साधन नियन्त्रणमा लिएको हो ।

    जिल्ला भित्र सरकारी नम्बर प्लेटका सवारी साधनहरू पास बिना चलाइएको पाएपछि विभिन्न ठाउँमा चेकजाँच गरेका थियौ । दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे १९ वटा सवारी साधनहरूलाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनीहरूलाई पहिलो पटक सचेत गराइएको र  अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजनिक बिदाको दिन चलाउन हुन अनुरोध गरिएको प्रवक्ता पौडेलले भने । 

    नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाका दिन प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन गर्न नपाउने व्यवस्था छ ।  

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…