• खोटाङ,  १ साउन 

    खोटाङको दिक्तेलमा आयोजित १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएका छन् । नेपाल सितोरियो कराँते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगितामा १३ कास्य, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो ।

    जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमा सञ्चालित प्रतियोगितामा ६ स्वर्ण, ८ रजत र १५ कास्य सहित हलेसी डोजो दोस्रो भएका छन् । यस्तै, ३ स्वर्ण, ३ रतज र १६ कास्य सहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । 

    कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगीताका विजेता टिमलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिका रूपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले विजेता टिमलाई मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेकी छन् ।

    प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले वेस्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष उत्कृष्ट खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेय राईले पाएकी छन् । उनीहरूलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ । 

    प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी बिचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराँते संघका सदस्य एवं प्रतियोगीताका संयोजक अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । 

    कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता यसपल्ट आयोजना गरिएको हो । २०७७ चैतमा १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता आयोजना गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …