• मोरङ,   १ साउन   काठमाडौं

    विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो ।


    महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

    अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको एउटा १ सय ५० सिसीको मोटरसाइकलसँगै, को ६ प ६८०२ र प्र १–०१०–१३ प ४५०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको हो ।

    पक्राउ परेका चार जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…