• काठमाडौं, ५ साउन 

    महिला फुटबल रेफ्रीद्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउने भएका छन् । 

    डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् । 

    ‘आयोजकको निमन्त्रणाअनुसार डेनमार्कमा आयोजना हुने डाना कप खेलाउँदै छौं । शनिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ,’ रेफ्री लक्ष्मी श्रेष्ठले भनिन् । 

    रेफ्रीद्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु-१४,  यु-१४ महिला साफ च्याम्पियनसिप, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरेका छन् । 

    सन् १९८२ बाट आयोजना सुरु भएको डाना कपमा ४५ देशका एक हजारभन्दा बढी टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् । 

    जुन प्रतियोगिता डेममार्कनै सबैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरीयताको युथ प्रतियोगिता मानिन्छ । 

    युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजार भन्दा बढी सहभागी हुनेछन् ।  

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …