• भक्तपुर, ९ साउन

    भक्तपुरकाे सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ ।

    घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका- ४ का राजकुमार भुजेल गरी तीनजनाको निधन मृत्यु भएकाे थियाे । जसबारे भक्तपुर क्षेत्र नम्बर २ का सांसद बस्नेतले संसदमा दिएको अभिव्यक्तिको विरोध भएको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवामा भक्तपुर नगरपालिकाको लापरबाही भनेकाेमा आपत्ति जनाएका हुन् । 

    घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरू रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरूको स्थिति बुझेको नगरपालिकाले जनाएको छ । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरूको उपचार गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।

    प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्कीसमेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेको जनाइएको छ । सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटना दोहाेरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…