• लमजुङ, ९ साउन 

    लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले माघबाट विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाको ८८ प्रतिशत निर्माण सम्पन्न भएसगै माघबाट ब्यावसायिक विद्युत उत्पादन गर्ने आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए । 

    आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत १ असार राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्‍याउँदा तालिका प्रभावित भएको हो । हाल आयोजनाको विद्युतगृह, सुरुङमार्गलगायतका काम तीव्र रूपमा भइरहेकोे छ । 

    गौतमका अनुसार आयोजनाको पाँच हजार एक सय मिटर सुरुङ खन्ने र एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भएको छ ।आयोजनाले ०७६ फागुनदेखि विद्युत् उत्पादन गर्ने सुरुवाती तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी र कोरोनाको असरले निर्माण प्रभावित हुँदा पछाडि धकेलिएको आयोजनाका निर्देशक गौतमले बताए । 

    आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको  कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । 
    आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा खर्च बढ्ने देखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…