• भैरहवा,  १० साउन

    मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाकाे नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेकाे छ । ०४८ सालमा स्थापित संस्थाले स्थापना कालदेखि नै भोजनालय र विश्रामगृहको योजना बनाए पनि हाल मात्रै आएर संघमार्फत सेवा सुरु भएको हाे ।

    संघले विश्राम गृह भने ०५२ सालदेखि सुरु गरेकाे संघका पूर्वअध्यक्ष नारायणप्रसाद अग्रवालले बताए । शुद्ध र सफा शाकाहारी खाना खुवाउने उद्देश्यले संघको नयाँ निर्मित भवनको भुँइ तलामा भोजनालय सुरु भएको छ । बिहानको नास्ता, दिउँसोको खाना र रातिको खाना गरी सिमित समयमा सेवा निरन्तर हुने भोजनालायको उद्घाटन गर्दै पूर्वअध्यक्ष अग्रवालले भने । 

    बिहान १० बजेसम्म खाजा, त्यसपछि ११ देखि ३ बजेसम्म दिउँसोको खाना र बेलुका ७ देखि ९ बजेसम्म साँझको खानाको व्यवस्था गरेका छौं, यसका अलावा मिठाई, नम्किन लगायत परिकार पनि संघले तोकेको सुपथ मूल्यमा व्यवस्थापन गरिएको संघका अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिए ।

    नास्ता १२५ रुपैयाँमा, खाना १८० र स्पेशन मारवाडी खाना २५० रुपैयाँ तोकिए पनि मासिक रुपमा नियमित खानेका लागि आठ हजारको प्याकेजमा बिहान साझको खाना खुवाउने अध्यक्ष अग्रवालले भने । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…