• काठमाडौं,  ११ साउन

    एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
    सोहम ढकाल यसअघि उद्यमीका रुपमा परिचित थिए । उनीसँग २४ वर्षभन्दा बढी उद्यममा लागेको अनुभव छ ।

    ढकालले अमेरिकाको ओराकलसर्नर कर्पोरेसनबाट करियर सुरु गरो थिए । नेपाल फर्केपछि उनी एक उद्यमी बने । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन् । उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । 

    सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…