• लमजुङ, १२ साउन 
    लगातारको वर्षापछिकाे पहिराेका कारण डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडक अवरुद्ध भएको छ । 

    बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि बर्षा भइरहेकाले उदिपुरमा ढुङ्गासहित लेदो आएर सडक अबरुद्ध भएको छ । 

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

    गत वर्ष र असार पहिलो साताको पहिरोले  डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यसखण्डसमेत पटक–पटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

    सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।  

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…