• काठमाडौ,  १२ साउन

    कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

    कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङा रंगशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लियो । 

    नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे । 

    जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा छ ।

    आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसंगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …