• भक्तपुर,  १४  साउन

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलगायतको टोलीले शुक्रबार भक्तपुरको एभरेष्ट इंगलिश स्कुलको अवलोकन भ्रमण गरेको छ । 

    नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ति थापा, नगरपालिका क्षेत्रको वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु तथा नगर क्षेत्रका स्कुलहरुका प्रिन्सिपलहरुको जम्बो टोलीले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलको अवलोकन भ्रमण गरेको हो । 

    टोलीले स्कुलको शिशु कक्षादेखि कक्षा १० सम्मका कक्षाकोठाहरु, लाइब्रेरी, कम्प्युटर ल्याब, संगीत कक्ष, फोहोरमैला प्रशोधनलगायतका विषयहरुको अवलोकन भ्रमण गरेको थियो । साथै अवलोकन भ्रमणपछि विद्यालयका विविध विषयमा स्कुलका प्रिन्सिपललगायतकासँग जानकारी लिएका थिए ।   

    अवालोकन भ्रमणपछि नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा भक्तपुर नमूना नगर भएको भन्दै भक्तपुर नगरपालिकाको प्रशंशा गरेका छन् ।

    'हामी फरक पार्टीका मानिस हौ तर त्यसो भए पनि शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका भक्तपुर नगरपालिकाले गरेको कामको हामी सवैले प्रशंशा मात्रै होइन, अनुकरण पनि गर्नुपर्छ,' भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलको अवलोकन भ्रमणमा पुगेको मेयर कार्कीले शुक्रबार भने । भक्तपुर नगरपालिका जस्तै एभरेष्ट स्कुल पनि देशभरिकै स्कुलहरुका लागि नमूना स्कुल भएको उनले  बताए । 

    उनले एभरेष्ट स्कुलबाट सिकेर अव कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्रका स्कुलहरुले पनि अनुसरण गर्ने जनाए । 

    मेयर कार्कीसहित उपमेयर शान्ति थापा, नगरपालिका क्षेत्रका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु, नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिलगायत नगरभित्रका स्कुलहरुका प्रिन्सिपल शिक्षकहरुको टोलीले स्कुलको विविध विषयमा जानकारी लिनुका साथै भ्रमण गरेका थिए ।

सम्वन्धित समाचार

बैतडी,  १०  साउन बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालय…

महोत्तरी,  २७ असार  मानिसको जीवनलाई तनावमुक्त बनाउन  योग, ध्यानको आवश्यक रहेको प…

मुगु, २३ असार   सोरू गाउँपालिका–९ तलिकालैस्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार …

भक्तपुर, २३ असार भक्तपुरको ख्वपः कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि क…