• न्युयोर्क, १७ साउन

    अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सोमबार अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको स्वागत गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल जवाहिरीको मृत्यु भएको थियो ।

    ओबामाले यो हत्या अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादसँग लड्न सम्भव छ भन्ने प्रमाण रहेको बताए । ९ ११ को २० वर्षभन्दा पछि, त्यो आतंकवादी हमलाका एक मास्टरमाइन्ड र अल कायदा नेताका रूपमा ओसामा बिन लादेनको उत्तराधिकारी – अयमान अल–जवाहिरीलाई – अन्ततः न्यायको कठघरमा ल्याइयो’, ओबामाले भने ।

    जवाहिरी मारिएपछि ओबामाले राष्ट्रपति बाइडेन प्रशासन र दशकौंदेखि काम गरिरहेका खुफिया समुदायका सदस्यहरूको प्रशंसा समेत गरेका छन् ।
    जवाहिरीकोे मृत्युको समाचारप्रति संकेत गर्दै ओबामाले भनेका छन्, ‘आज रातिको समाचार अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादलाई जरैदेखि उखेल्न सम्भव छ भन्ने प्रमाण हो ।’

    अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । 

    इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

    सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि  उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …