• खोटाङ,  १९ साउन

    खोटाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन् । ‘उत्पादनमा जोड दिऔं, आत्मनिर्भर बनौं’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन् ।

    पार्टी कमिटीलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाई गरिएको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ इन्चार्ज सञ्जीव थापा मगरले बताए । धान झार्नका लागि उनीहरूले मेसिन प्रयोगमा ल्याएका छन् । 

    धान काट्न, झार्न र प्याक गर्नमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी, किरात राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन राई, खोटाङ इन्चार्ज थापा मगर, सचिवालय सदस्य चक्रबहादुर खत्री, जनस्वयंसेवकका संयोजक कमल थापा लगायत सहभागी छन् । बुढाथोकीमाथि भने सरकारले पक्राउ पुर्जी जारी गरेको अवस्था छ ।

    नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको खेत कमाउन मागेर धान खेती लगाएका हुन् । आगामी दिनमा जिल्ला कमिटी चामल र तरकारीमा आत्मनिर्भर बनेको थापा मगरले बताए । 

    यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आलु खेती लगाएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । २/३ मुरी आलु भण्डारण गरिएको थापा मगरले बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…