• जुम्ला  १८  साउन 

    जिल्ला प्रशासन कार्यालय जुम्लाकाे  नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडीमालिका प्रस्थान गरेको छ । तत्कालिन जुम्ला र डोटी राज्यद्धारा नाग पञ्चमीका अवसरमा संयुक्त रुपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोलीसहित कर्मचारी नेतृत्वको टोली बडीमालिका प्रस्थान गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको चार जनाको टोली र भक्तालुहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । 

    टोली बडिमालिका प्रस्थान गर्नुअघि जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवार मालिकाको पूजाआज गरिएको साहयक प्रमुख जिल्ला अधिकरी प्रमिला रिजालले बताइन । उनका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पणपछि टोलीलाई बिदाई गरिएको हो ।

    नाग पञ्चमीका दिनमा बडीमालिका प्रस्थान गर्ने परम्पराअनुसार जुम्लाको टोली त्यसतर्फ प्रस्थान गरेको सँस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । बिहीबार प्रस्थान गरेको टोली १७ दिनको पैदल यात्रापछि बडीमालिकामा पुगेर पूजाआजा गरेर खलंगा फर्कनेछ । पहिला अञ्चलाधीश कार्यालय माताहातमा चालिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा हुने गर्छ ।  

    बडीमालिका माईको पूजाआजा गरेर मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

सम्वन्धित समाचार

आजको पात्रो:  १६ असोज २०७९, आइतबार । तद्नुसार अक्टोबर महिनाको २ तारिक २०२२ । आश्विन शुक्लपक्ष सप्तमी…

अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ । दहमा डुव…

लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ म…

महोत्तरी, २० असोज । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा …