• काठमाडौं,  २० साउन 


    नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।

    प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न  असफल भयो । 

    नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष द्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्य द्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे । 

    नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० को नतिजामा हराउँदा आयोजक भारतलाई ८–० को नतिजा सुम्पिएको थियो । बंगलादेशसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो ।

    अपराजित रहँदै शीर्ष स्थानमा रहेको बंगलादेश र भारतले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

सम्वन्धित समाचार

काठमाडौं,  २२  साउन  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भार…

काठमाडौं २० साउन यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलाद…

काठमाडौं,  १९ साउन हालै सम्पन्न ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप श…

काठमाडौं,  १८  साउन  समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बर…