• काठमाडौं,  २२  साउन 

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन् ।

    चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । उनि आज शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

    सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो ।

    क्लबबाट उज्वेकिस्तानमा २० देखि २६ अगस्टसम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने तालिका रहेको छ ।

    सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२०र२१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

    उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् ।

सम्वन्धित समाचार

भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गर…

काठमाडौं, १५ असोज । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य …

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ । प्रतियोगिताको&…

काठमाडौं, १४ असोज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी …