• नवलपुर, २५ साउन

    नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् ।

    सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन् ।

    ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध र जयन धर्मवालम्बीहरु दर्शनका लागि विशेष रुपमा शाश्वतधाम आउछन् ।

    नेपालमै नौलो र फरक शैलीको यो मन्दिर र यससँगै रहेको पार्क सबैका लागि मुख्य आर्कषण रहेको छ । मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ । साँझ, बिहान तलाउमा पानीको फहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । साउने सोमबार पारेर दर्शन गर्न आएकी पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्छिन ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ ।’

    नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी ग्रुपको नमुना औधोगिक ग्राम छ । त्यसको पश्चिमतर्फ महेन्द्रराजमार्गसंगै जोडिएको ७ बिगाह क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । यसकोे निर्माण फोब्र्स डलर अर्बपति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउण्डेसनले गरेको हो ।

    धाममा के छ ?
    वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् ।

    हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्नेहरुले रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ संस्कृत विद्यालय पनि स्थापना गरिएको छ । शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय समेत यसै परिसर भित्र छ ।

    आयआर्जन तथा रोजगारको अवसर
    शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभइ स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ । मन्दिरलाई नै आधार मानेर झण्डै १ सय ५० होटल तथा रेस्टुरा संञ्चालनमा छन् । उनीहरुले धाममा आउने पर्यटकहरुलाई लक्षित गरि व्यापार गर्न पाएका छन ।

    धामकै छेउमा चिया बेचेर मासिक तीस हजारसम्म आम्दानी गरेको स्थानीय सिर्जना विष्ट बताउछिन् । ‘चिया राम्रो बिक्रि हुन्छ । धाममा यूवादेखि बृद्धहरुसम्म आउने गर्छन, चिया नै खोज्छन’ सिर्जनाले बताइन् । सिर्जना मात्र होइन उनी जस्ता धेरैले धाममा आउने पर्यटक लक्षित गरि राम्रो व्यवसाय गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…