• काठमाडौं,  ३१ साउन

    फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो ।

    पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएको र चाँडै दोस्रो अडिसनको तयारीमा रहेको पनि आयोजक गर्ग प्रोडक्सन हाउसका सिईओ विशाल कुमार गर्गले बताए ।

    साथै फेश अफ ग्लामर हन्टका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर हन्टलाई एउटा राम्रो स्थानमा पु¥याउन आफ्नो भूमिका रहने प्रतिवद्धता जनाइन् ।

    फेश अफ ग्लामर हन्टको पहिलो अडिसन भब्यका साथ गरे जसरी नै दोस्रो अडिसन पनि भब्य गर्ने ईभेन्ट म्यान्जर राहुल कुमार ढकालले जानकारी दिए ।

    यो इभेन्टको निर्णायक मण्डलमा टुगेन श्रेष्ठ (मिस्टर काठमाडौं) अपेक्षा खड्का (अन्तर्राष्ट्रिय मोडल) शिशीर सिंह (मोडल तथा फेशन कोरियोग्राफर), दुर्गा बिष्ट (डिजाइनर) र मोनु शाह (कलाकार तथा मोडल) रहेका छन् । अफिसियल फोटोग्राफरको भूमिकामा भने अनुप प्रधान रहेका छन् ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…