• खोटाङ,   ३१ साउन

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ । रोपाई सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक÷एक वटा गोरुको कंकाल फेला परेको हो ।

     स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा गोरुको कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्नीप्रसाद राईले बताए । 

     हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो । घट्नास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…