• खोटाङ, ५ भदौ 

    शल्यक्रियापछि पाठेघरसम्बन्धी समस्याले पीडित बनेकी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी चन्द्रकुमारी राईलाई आर्थिक सहयोग जुटेको छ । करिब १८ वर्षअघि बच्चा जन्माउनका लागि शल्यक्रिया गरेको केही समयपछि पेटमा मासुको डल्लो निस्किएकाे थियाे ।

    राईलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ३७ हजार १६५ रुपैयाँ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेका १९ जना शुभेच्छुक तथा सहयोगीबाट जुटेको रकम शनिबार विष्टले समाजसेवी सरिता राई र कांग्रेसका जन्तेढुंगा गाउँपालिका सचिव शम्भु राईको उपस्थितिमा चन्द्रकुमारलाई हस्तान्तरण गरेका छन् । 

    शल्यक्रियाको असरले पेटमा झुण्डिएको मासुकाे डल्लाे दुख्न थालेपछि चन्द्रकुमारीलाई छरछिमेक तथा आफन्तको सहयोगमा कीर्तिपुर अस्पताल लगेका थिए । आफन्तकै सहयोगमा अप्रेसन गरिएकाे छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…