• पोखरा,  ६ भदौ 

    पोखरामा नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो । नवौं खेलकुद प्रतियोगिता हुनका लागि ५२ दिन मात्रै बाँकी छ ।

    कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    मन्त्री गहतराजले खेलकुदका लागि आवश्यक बजेटमा चिन्ता लिन नपर्ने बताए । उनले प्रतियोगिता सफल पार्नका लागि प्रदेश सरकार र पोखरा महानगरले विशेष सहयोग गर्नुपर्ने बताएका छन् । असोज २८ देखि कात्तिक ३ गतेसम्म ३६ वटा प्रतिश्पर्धात्मक र २ वटा प्रदर्शनीको खेल हुनेछ । त्यसका लागि गण्डकीमा खेलाडी छनोट र प्रशिक्षण सुरु भैसकेको छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …