• काठमाडौं, ७ भदौ

    नेपाली कांग्रेसका नेता सुरत रावत डोटेली कान्छाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका रावतले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ 'क' बाट प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका हुन् ।

    'राजनीतिमा युवा नेतृत्व आवश्यक छ । मैले पार्टीमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको वडादेखि केन्द्रसम्म नै सबैसँग राम्रो सम्बन्ध छ । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सबैले रुचाउने भएकै कारण मैले सहजै जित्नसक्छु,' उनले भने ।

    उनले आफूले सधैँ पार्टीले दिएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्दै आएको बताएका छन् । 'म प्रतक्षतर्फ मात्रै भन्दैन । पार्टीलाई सहज हुनेगरी समानुपातिकमा पठाउने निर्णय गरे पनि मेरा लागि स्वीकार्य हुन्छ । म सहज र सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । तर, योगदानको उचित कदर हुनुपर्छ,' उनले भने ।

    उनले युवाहरूको चाहना र अग्रजको सुझाव अनुसार नै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । गोरिगंगा नगरपालिका-६ बनबेहडा निवासी रावत चर्चित लोकदेउडा गायकसमेत हुन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान सुदूरपश्चिम संयोजक, नेपाल सांस्कृतिक संघका केन्द्रीय उपाध्यक्ष तथा देउडा प्रतिष्ठानका उपाध्यक्ष रहेका छन् ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेकाले उनको प्रदेश सभापति बीरबहादुर बलायर, केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक र नैनसिंह महरलगायत केन्द्रीय नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ । सबैलाई मिलाउन सक्ने क्षमता, स्पष्ट बक्ता र लोकप्रिय कलाकार भएकाले पनि रावतले टिकट पाउने सम्भावना रहेको बताइएको छ । उनले जिम्मेवारी पाए सबैलाई मिलाएर लैजाने कुरामा आफू सधैँ सजग रहने बताएका छन् । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…