• काठमाडौं,  ७ भदौ

    विभिन्न खेलका खेलाडीहरुले राजधानीमा सोमबार स्पोर्टस क्लाइम्विंग गरेका छन् । स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा सुरु भएको एकहप्ते क्लाइम्विंग अभ्यासको क्रममा सोमबार खेलाडीहरुले क्लाइम्विंग गरेका हुन् ।

    राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा विभिन्न खेलका खेलाडीहरुलाई क्लाइम्विंग अभ्यास गराइएको थियो । सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो ।


    तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु सोमबारदेखि सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । यस अन्तर्गत पहिलो दिन आइतबार प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । 

    माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको आयोजक एकेडेमीका अध्यक्ष कल्पना महर्जनले जनाइन् ।

    खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको कल्पनाले जनाइन् । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …