• भक्तपुर, ९ भदौ 

    छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ ।

    भक्तपुरमा बुधबार सम्पन्न  प्रतियोगितामा जुनियर व्याइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै जितेको छ । त्यस्तै गर्ल्सतर्फको उपाधि भने निरुपति इंगलिश बोर्डिग हाइस्कुल काठमाडौंले जितेको छ । 

    एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताको दोश्रो स्थानमा सिनियर व्याइजतर्फ सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, जुनियर व्याइजतर्फ युनिक स्कुल काठमाडौं र गल्र्सतर्फ इनोभेटिभ स्कुल दोश्रो भए ।

    विजयी स्कुल तथा टिमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । 

    जोशीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई  विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताइन् । उनले नगरपालिकाले चारवटा विधामा तालिम सञ्चालन गरिरहेको जानकारी दिइन् । 

    आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेललाई प्रतियोगितामा मात्रै सीमित नराखि सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …