• तेह्रथुम, १३ भदौ 

    छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिककाे ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएकाे छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखाैं खर्च गर्न परेकाे र बिमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेकाे स्थिति राेक्न पालिकाले आधा  मै बिमा गरिदिन लागेकाे हाे । 

    नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएकाे छ । 

    गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम अघि सारेका हौ । गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नाै सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने । 

    यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहात पाउने भएका छन् ।

    गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरीसकेका सुत्केरीलाई एकमुष्ठ नाै हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

सम्वन्धित समाचार

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …

 आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उ…

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…