• चितवन, १३ भदाै

    चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कुलको उपाधि पाएको छ।

    न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उत्कृष्ट बिजनेश स्कुलको उपाधि हासिल गरेको हो।

    उक्त कार्यक्रममा दुई हजारभन्दा बढी कलेजहरूको सहभागी भएका थिए। उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कुलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शभ्भु क्षेत्रीले जानकारी दिए ।

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि.बि.ए.र एम.बि.ए.को अध्यापन गराउँदै आएको छ। कलेजले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयुमा हस्ताक्षर पनि गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …