• सुर्खेत, १४ भदाै 

     नेकपा  माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा अब कठोर निर्णयको मोडमा भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे–  

    १ , रगत, पसिना र आँशुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो ।

    २,  समानतावादी आन्दोलन र वैज्ञानिक विचार(पद्धतिको अगाडि कुनै पनि रुपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो ।

    ३, पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन बेगवान नदी हुनुपर्छ । त्यसका लागि म बोल्छु किनकि म मान्छे हो , म बोल्छु किनकि म जिवित मान्छे हो , म बोल्छु किनकि म स्वतन्त्र मान्छे हो ।

    आचार्यले कठोर निर्णयको मोडमा लेख्दै गर्दा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक बस्दै थियो । त्यो निर्णय के रहेछ भन्दै माओवादी वृत्तमा खैलाबैलासमेत भयो । सोही समयमा माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश माओवादी अध्यक्ष विमला केसीले अब कृष्णा शाहलाई मन्त्री नबनाउने हो भने खतरा हुने देखियो भन्दै रिर्पोटिङ गरिन् ।

    इन्चार्ज मल्लले तपाइँ कुनै निर्णय लिनुपर्दैन कृष्णा कमरेडलाई मन्त्री बनाइन्छ भन्दै आचार्यलाई जवाफ फर्काए । त्यो सन्देश पाएलगत्तै आचार्यले फेरि १७ अगष्टमा तीन बुँद्धे स्पटीकरण भन्दै अर्को स्टाटस लेखे । त्यो स्पस्टीकरणमा 'म माओवादी पार्टीभित्र प्रतिवद्ध छु' भन्ने उल्लेख छ ।  कर्णाली प्रदेशका पार्टीको हरेक बैठकमा समेत आचार्य र शाहले अब सरकारको विषयमा के हुन्छ भन्दै पटक पटक एजेण्डा बनाउने क्रम जारी रहेको माओवादी वृतमा चर्चा छ ।

    आचार्यलाई मन्त्री बनाएपछि एक मात्र मन्त्री बन्न बाँकी रातो कामीलाई किन छुटाउने भन्दै माओवादीभित्र छलफल सुरु भयो । छलफलले दुवैलाई मन्त्री बनाउने भन्दै निर्णय गर्‍याे । निर्णय त  गर्‍याे फेरि मन्त्रालय बाँडफाँडमा झमेला सुरु भयो । जाजरकोटकै गणेशप्रसाद सिंहले लिएको मन्त्रालयमा जाजरकोटकै कृष्णा शाहलाई बनाउँदा त्यसको सन्देश राम्रो नजाने भन्दै रामदिप आचार्यले आर्थिक मामिला मन्त्रालय आफ्नो श्रीमतीलाई मन्त्री बनाउनुपर्ने तर्क गरे । त्यो तर्कमा उनी खरो रुपमा उत्रिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रामो कामीलाई नियुक्त गरियो । यो मन्त्री फेर्ने कुरामा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई चित्त बुझेको छैन ।

    उनी भन्छन्, 'काम गर्ने इच्छा , शक्ति भएकालाई फिर्ता बोलाउने कसरी हुन्छ ? यहाँ राम्रो भन्दै राजीनामा दिन आएका मन्त्रीलाई प्रश्न गरेका थिए । 'तपाइँहरू हुँदा मन्त्रिपरिषद् जस्तो देखिएको थियो अब फेरि बर्बाद भयो,'  मुख्यमन्त्री शाहीले भने । v

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…