• हैटौँडा, १४ भदौ 

    बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । 

    नेपाली हिन्दु नारीहरूको पर्व हरितालिका तीजका अवसरमा मंगलबार  शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफू विश्वस्त रहेको बताए । 

    प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्घि एवं अटल सौभाग्यका लागि शुभकामना दिएका छन् । 

    प्रमुख शर्माले हाम्रो देश नेपाल विभिन्न भाषा, धर्म, संस्कृति, संस्कारले भरिपूर्ण भएकाले उल्लेख गर्दै भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म आफ्नो र परिवारका सदस्यको हितको कामना गर्दै मनाइने तीजको पनि आफ्नै महत्व रहेको बताए । 

    यस पर्वमा देखिने विभिन्न विकृत पक्षलाई भने त्याग्नुपर्ने प्रमुख शर्माको सुझाव छ । ‘यो पर्व मनाउँने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली, देखासिकीजस्ता विकृत पक्षलाई पूर्णरुपमा त्याग्नु आवश्यक छ,’ आफ्नो शुभकामना सन्देशमा प्रमुख शर्माले उल्लेख गरेका छन्, ‘यसो गरेमा यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्वको संरक्षण हुन गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्दछ ।’ 

    प्रमुख शर्माले हरितालिका तीजले महिलालाई सशक्त तथा क्रियाशील बनाउन मद्दत गरोस् भन्दै सामाजिक विभेदको अन्त्य गर्दै समतामूलक एवं सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…