• सिराहा, २२ भदौ

    एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।  सिरहा क्षेत्र नम्वर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । 

    निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए । 

    क्षेत्र नम्वर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफरिस गरिएको छ । ‘ख’ तर्फ तीनचारजनाको नाम आएकाले समय लाग्ने यादवले बताए। 

    निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुईजनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीनजनाको नाम सिफारिस भएको छ । 

    प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ । 

    सिरहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफरिस भएको छ । प्रमेश ‘क’बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफरिस गरिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…