• भक्तपुर, २२ भदाै

    भक्तपुर नगरपालिकाले आयोजना गरेकाे गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरिएका नाचका विभिन्न विधामध्ये ख्याल प्याखं (प्रहसन) तर्फ ख्वप मावि देकोचा भक्तपुर प्रथम भएको छ । २९ साउनदेखि २ भदाैसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा ख्वप प्रथम भएको नतिजा नगरपालिकाले सार्वजनिक गरेको हो ।

    प्रतियोगिताअन्तर्गत उत्कृष्ट महिला कलाकारतर्फ पनि ख्वप कलेजकै पलिस्था रञ्जितकार प्रथम भएकी छन् । भविष्य नाटकबाट पलिस्था आधुनिकतर्फ उत्कृष्ट महिला कलाकार घोषित भएकी हुन् । सोही नटकका निर्देशकद्वय श्यासुन्दर शिल्पकार र राजेन्द्र श्रेष्ठ उत्कृष्ट निर्देशक घोषित भए । 

    परम्परागत नाचहरूलाई प्रवर्द्धन गर्न भनी नगरपालिकाले जात्राको क्रममा प्रदर्शन हुने विभिन्न नाचका विधाहरूको मूल्यांकन गरी प्रत्येक वर्ष पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । जात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा यहाँं टोलटोलबाट सांस्कृतिक प्रदर्शन हुने गर्दै आएको छ ।

    नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्राे र तेस्राे हुने विधाहरूलाई नगद पुरस्कार वितरण गर्दै आएको छ । 

    गाईजात्राका क्रममा यहाँं दुई दर्जन विधाका सयौं प्याखं (नाच) पनि देखाइन्छ । यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन् । साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छ । साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छ । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…