• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको एक बर्षमा दुई करोड ५३ लाख भन्दा बढी आय देखिएको छ । 
    सहकारी संस्थाको बिहिबार २१ औं वार्षिक साधारण सभा थियो । सहकारी संस्थाले एक बर्षमा २ करोड ५३ लाख १५ हजार २९५ रुपैया ९८ पैसा आम्दानी गरेको प्रस्तुत आय विवरणमा उल्लेख छ । 
    साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार ऋण लगानीबाट ब्याज २ करोड ३ लाख ७७ हजार ६११, रेमिट्यान्स आम्दानी २३ हजार १९०, कृषि फर्मबाट १ लाख ३८ हजार ४२५ लगायतको शीर्षकमा आम्दानी उल्लेख छ । 
    सहकारी संस्थामा १८ करोड ९० लाख ३९ हजार ८८५ रुपैया ११ पैसा पुँजी रहेको छ । संस्थाको शेयर पुँजी ३ करोड २ लाख ९८ हजार ८०० उल्लेख छ । संस्थामा एक हजार पाँच सय २६ शेयर सदस्य रहेको छ । यो बर्षको खुद नाफा भने ६१ लाख ६२ हजार ५४० रहेका आर्थिक विवरणमा उल्लेख छ । 
    संस्थाको अध्यक्ष ओमप्रसाद लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा १ नं. वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो । सचिव योगराज मिश्रले सञ्चालन गरेको कार्यक्रमले सञ्चालन भएको कार्यक्रम राष्ट्रिय सहकारी बैंक लि. उर्लाबारी शाखा प्रमुख विनोद चुडाल, संस्थाका सल्लाहाकार सुर्य श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्रबहादुर खड्का, लेखा समिति संयोजक बुद्धकुमार विष्टले लेखा प्रतिवेदन प्रस्तुत भएको सहकारी संस्थाको व्यवस्थापक तुलसी बस्नेतले बताए । 
     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …